काठमाडौं । महालक्ष्मी विकास बैंकले विविध कार्यक्रम गरी ३२औँ वार्षिकोत्सव मनाएको छ । ३२औं वर्ष प्रवेश गरेको अवसरमा जेठ २ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ । बैंकको स्थापना दिवस जेठ ७ गते पर्छ ।

जेठ २ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम सम्पन्न भएको थियो । विभिन्न स्थानमा गरिएको वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ सेवाहरुः जस्तै मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित विषयवस्तु समेटिएको बैंकले जनाएको छ ।

ADVERTISEMENT

जेठ ४ गते बैंकको केन्द्रीय कार्यालयमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा जेठ ५ गते निःशुल्क दन्त तथा आँखा शिविरसमेत सञ्चालन भएको थियो । दुवै शिविरमा करिब २०० जना व्यक्तिहरुको स्वास्थ्य, आँखा तथा दाँतको परीक्षण गरिएको थियो ।

जेठ ६ गते देशभरका विभिन्न प्रादेशिक कार्यालय र बैंकको केन्द्रीय कार्यालयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममार्फत २०० पिन्ट रगत संकलन गरिएको थियो ।

ADVERTISEMENT

स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । सोही दिन बैंकले सस्ंकृति प्रबद्र्धन तथा मन्दिर सरसफाइलाई प्राथमिकतामा राखी विभिन्न स्थानमा रहेका महालक्ष्मी मन्दिरहरुमा सरसफाइलगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

ललितपुर महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरमा बगैंचा प्रबद्र्धन/मर्मत सम्भार तथा डिजिटल दक्षिणा भुक्तानी प्रबद्र्धनका लागि समेत बैंकले सहयोग गरेको छ ।

साथै, बैंकले जेठ ७ गते बिहीबार केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरुमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषासहितको पहिरनमा उपस्थित भई सम्बन्धित भेषभुषाको प्रदर्शनसमेत गरेको थियो ।

बिहीबार नै नारायणहिटी नाराणस्थान गुठी व्यवस्थापन समिति, नारायणहिटीलाई खानेपानी ब्यवस्थापनका लागि पानी ट्यांकी हस्तान्तरण गरिएको छ । अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले स्थानीय साना तथा मझौला व्यापारहरूको प्रबद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा संकलन गरिएका फोटोहरुसमेत बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरिएको छ ।