काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको दुई लाख ९९ हजार २०० रुपैयाँ कायम छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।