काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

अघिल्लो दिन दुई लाख ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन तोलामा चार सय रुपैयाँ बढेको हो । गत बुधबार सुनको भाउ प्रतितोला दुई लाख ९० हजार दुई सय रुपैयाँ थियो ।

आज चाँदी पनि सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ बढेको हो । सोमबार प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार ८२० रुपैयाँमा कायम भएको छ । गत मंगलबार चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।