काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा चार सय र चाँदी ७० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ३३५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सोमवार छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ५०० रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २६५ रुपैयाँ निर्धारण भएको थियो ।

गत आइतवार एक तोला सुन तीन लाख नौ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।