काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ। आज सुन प्रतितोला ६ हजार चार सय रुपैयाँ र चाँदी प्रतितोला १३५ रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

आज चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

 

 

ADVERTISEMENT