काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले घटेको छ भने चाँदी पनि १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० रुपैयाँ कायम भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।