काठमाडौं। नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दो क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १३ सयले वृद्धि भएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला तीन लाख १३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

त्यस्तै, आज सुन प्रतिदश ग्राम दुई लाख ६९ हजार ८ सय ९० निर्धारण गरिएको महासंघले जनाएको छ । हिजो प्रतिदश ग्राम दुई लाख ६८ हजार ७ सय ७५ रहेको थियो ।
चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला पाँच हजार ५९५ रहेको थियो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ ।