काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा चार हजार तीन सय रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ।

बुधबार सुन प्रतितोला तीन लाख चार सय रूपैयाँमा कारोबार भएको थियो। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य बिहीबार भने बढेको हो।

ADVERTISEMENT

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी एक सय ८० रुपैयाँले बढेर पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलामा चारजार आठ सय ८० रूपैयाँमा किनबेच भएको थियो ।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।