काठमाडौँ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति श्री रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि जापान प्रस्थान गरेका छन्।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत जापानतर्फ प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापान सरकारका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यो भ्रमणले नेपाल–जापानबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल यही माघ २१ गते नेपाल एयरलाइन्सकै उडान नम्बर ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ।









