काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा दुई वटा शव फेला परेका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार खोजीका क्रममा करिब आधा घण्टाअघि सुरुङभित्र दुई वटा शव फेला परेका हुन्।
उनका अनुसार उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ। सुरुङमा बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ।





