काठमाडौं – सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरुले भदौ महिनाको तुलनामा असोज महिनाको लागि व्याजदर झनै घटेका छन् ।

बैंकहरुले आज बुधबार सार्वजनिक गरेको व्याजदर सम्वन्धी तालिका अनुसार बाँणिज्य बैकहरुले व्यक्तिगत मुद्धतीतर्फ असोज महिनाको लागि औषतमा चार दशमलव शुन्य आठ प्रतिशत व्याजदर तोकेका छन् ।

ADVERTISEMENT

यो व्याज भदौ महिनाको तुलनामा शुन्य दशमलव शुन्य ४६ प्रतिशतले कम हो । भदौ महिनामा बाँणिज्य बैंकहरुको व्यक्तिगत मुद्धती निक्षेप तर्फको औषत व्याजदर चार दशमलव १३ प्रतिशत रहेको थियो ।

ADVERTISEMENT

बैंकहरुले असोज महिनाको लागि संस्थागत मुद्धती निक्षेपको व्याजदर पनि घटाएका छन् । सो अनुसार बैंकहरुले असोज महिनाको लागि संस्थागत मुद्धती निक्षेपतर्फ तीन दशमलव शुन्य ६६ प्रतिशत व्याजदर कायम गरेका छन् ।

यो व्याजदर भदौ महिनाको तुलनामा शुन्य दशमलव शुन्य १४ प्रतिशतले कम हो । भदौ महिनामा बाणिज्य बैकहरुले संस्थागत मुद्धती निक्षेपतर्फ तीन दशमलव शुन्य ८१ प्रतिशत व्याजदर कायम गरेका थिए ।

ADVERTISEMENT

बैंकहरुले  सार्वजनिक गरेको व्याजदर सम्वन्धी तालिका अनुसार प्रभु, माछापुच्छे«, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी र सानिमा बैंकले भदौ महिनाकै व्याजदरलाई निरन्तरता दिएर असोज महिनाको लागि पनि सोही व्याजदर तोकेका छन् ।

सो अनुसार प्रभु बैकले असोज महिनाको लागि चार दशमलव ५५ प्रतशित व्याज तोकेको छ भने बाँकी बैंकहरुले चार दशमलव पाँच प्रतिशत व्याज तोकेका छन् । नबिल बैंकले भने असोज महिनाको लागि व्यक्तिगत मुद्धती निक्षेपको व्याज घटाएर चार दशमलव २५ प्रतिशतमा सिमित गरेको छ । भदौ महिनाको नबिलको यस्तो व्याज चार दशमलव ५५ प्रतिशत रहेको थियो ।

कृषि बिकास र नेपाल बैंकले पनि भदौ महिनाकै व्याजदरलाई निरन्तरता दिएर असोज महिनाको लागि चार दशमलव १५ प्रतिशत व्याजदर तोकेको छ । यसैगरी नेपाल एसबिआई बैंकले पनि भदौ महिनाकै व्याजलाई निरन्तरता दिएर असोज महिनाको लागि चार दशमलव एक प्रतिशत व्याजदर कायम गरेको छ ।

यि बाहेक प्राईम, ग्लोवल, एनआईसी एशिया, राष्ट्रिय बाँणिज्य, लक्ष्मी सनराईज र हिमलयन बैंकले पनि भदौ महिनाकै व्याजलाई निरन्तरता दिएर असोज महिनाको लागि चार प्रतिशत व्याजदर तोकेका छन् ।

सिटिजन्स र सिद्धार्थ बैंकले पनि भदौ महिनाकै व्याजरलाई निरन्तरता दिंदै असोज महिनाको लागि क्रमशः तीन दशमलव ८५ र तीन दशमलव ७६ प्रतिशत व्याजदर कायम गरेको छ ।

स्टान्र्डड चार्टड बैंकले भने भदौ महिनामा व्यक्तिगत मुद्धती निक्षेपतर्फको व्याज तीन दशमलव आठ प्रतिशत तोकेकोमा असोज महिनाको लागि तीन दशमलव ७६ प्रतिशत कायम गरेको छ ।

यसैगरी कुमारीले भदौ महिनामा कायम रहेको तीन तीन दशमलव ७६ प्रतिशत व्याजलाई घटाएर असोज महिनाको लागि तीन दशमलव ७३ प्रतिशतमा झारेको छ ।

यसैगरी एभरेष्ट बैंकले पनि भदौ महिनामा कायम रहेको चार दशमलव शुन्य पाँच प्रतिशत व्याजलाई घटाएर असोज महिनाको लागि तीन दशमलव छ प्रतिशतमा झारेको छ ।

असोजमा कुन बैंकको मुद्दती निक्षेप ब्याजदर कति ?

क्र.स. बैंक असोज भदौ
प्रभु बैंक ४.५५% ४.५५%
माछापुच्छ्रे ४.५०% ४.५०%
नेपाल इन्भेष्टमेन्ट मेगा ४.५०% ४.५०%
एनएमबी ४.५०% ४.५०%
सानिमा ४.५०% ४.५०%
नबिल ४.२५% ४.५५%
कृषि विकास ४.१५% ४.१५%
नेपाल बैंक ४.१५% ४.१५%
नेपाल एसबिआई ४.१०% ४.१०%
१० प्राइम कमर्सियल ४.००% ४.००%
११ ग्लोबल आइएमई ४.००% ४.००%
१२ एनआईसी एशिया ४.००% ४.००%
१३ राष्ट्रिय वाणिज्य ४.००% ४.००%
१४ लक्ष्मी सनराइज ४.००% ४.००%
१५ हिमालयन ४.००% ४.००%
१६ सिटिजन्स ३.८५% ३.८५%
१७ सिद्धार्थ ३.७६% ३.७६%
१८ स्ट्यान्डर्ड चार्टर्ड ३.७५% ३.८०%
१९ कुमारी ३.७३% ३.७६%
२० एभरेष्ट ३.६०% ४.०५%