काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले संवेदनशील भएर काम गरिरहेको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि लामिछानेले प्रधानमन्त्रीले बैठकलाई बेवास्ता नगरेको दाबी गरेका हुन्।

प्रधानमन्त्रीले बैठकलाई बेवास्ता गरेको हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले प्रधानमन्त्री निरन्तर छलफलमा रहेको र प्रभावित क्षेत्रका नागरिक तथा स्थानीय जनप्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताएका छन्।

ADVERTISEMENT

उनका अनुसार पार्टी र सरकारको जिम्मेवारी स्पष्ट रूपमा छुट्टाछुट्टै रहेको छ। पार्टीले आफ्नो जिम्मेवारी र सरकारले आफ्नो जिम्मेवारी हेर्ने भएकाले कामको दोहोरोपन आवश्यक नरहेको उनले बताए। लामिछानेले स्थानीय तहका वडाध्यक्ष तथा जनप्रतिनिधिसँग प्रधानमन्त्रीले फोनमार्फत कुराकानी गरिरहेको दाबीसमेत गरे।

ADVERTISEMENT

यसैबीच, लामिछानेको आह्वानमा बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक बसेको छ। बैठकमा भोटेकोशी बाढीपछि पुनर्निर्माण तथा पुनःस्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ।