काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य शुक्रबार पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार एक तोला सुन दुई लाख ७६ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार एक तोला सुन दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी प्रतितोला पाँच हजार ६४५ रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदी पाँच हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








