काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो।
आज सुन प्रतितोला दुई लाख ६७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ दुई लाख ६५ हजार सात सय रूपैयाँ थियो ।
आज चाँदीको मूल्य भने घटेको छ। बिहीबार तोलामा चार हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार सात सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








