काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । चाँदीको मूल्य भने तोलाको ५५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको चार सयले घटेर दुई लाख ६७ हजार सात सय रुपैयाँ कारोबार भइरहेको छ ।
मंगलबार सुन तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । हिजो सुन तोलामा ३१ सयले वृद्धि भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर ४९३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो । यसअघि मंगलबार चाँदी तोलाको ४८८० रुपैयाँमा कारोबार भएको थियो ।








