काठमाडौँ। नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको छ ।
महासंघकाअनुसार आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य भने तोला २० रुपैयाँले घटेको महसंघले जनाएको छ । आइतवार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबर भएको चाँदी आज घटेर ३ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ ।




