काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला दुई लाख ६० हजार ७ सय रुपैयाँकायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।