काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंक्ले घटेर २५९४.८७ बिन्दुमा पुगेर बन्द भएको हो ।
आइतबार ३ सय ३० कम्पनीको १ करोड १२ लाख ७२ हजार १ सय ६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७४ लाख ५५ हजार ७७ रुपैयाँ बरबरको कारोबार भएको छ ।
आइतबार ५६ कम्पनीकोे सेयर मूल्य बढ्दा १ सय ९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार सबै उपसूचकहरु राताम्मै रहेको छ भने १३ वटा सूचकमध्य बैंकिङ र म्युचुअल फन्ड मात्रै बढेको छ ।
आइतबार कुमारी बैंक लिमिटेडको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय ५ रुपैयाँ पुगेको छ ।
साथै, आइतबार स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिटी होटलको सेयर मूल्य ६.२६ अंकले घटेको छ ।





