काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.२३ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक नौ अंकले करेक्सन भएको थियो ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बुधबार आठ अर्ब ९२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३३२ स्टकको एक करोड ९० लाख ७५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा नौ अर्ब सात करोड बराबरको कारोबार भएको छ ।

आज पनि आँखु खोला जलविद्युत कम्पनीको ४० करोड ८२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। मञ्जुश्री फाइनान्सको करिब ३६ करोड रुपैयाँ र एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

आज एसवाई प्यानल नेपाल, त्रिशूली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ । रावा इनर्जी डेभलपमेन्टको सेयरमूल्य नौ प्रतिशत बढेको छ।

ADVERTISEMENT