काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक घटेको छ। पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको सेयर बजारमा आज सामान्य सुधार देखिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५७ अंक बढेर २७३६.१७ विन्दुमा पुगेको छ।

१३ उपसमूहमध्ये आज सात उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

ADVERTISEMENT

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । बुधबार ३५६ स्टकको ४९ हजार २४८ पटकको कारोबारमा चार अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

आँखु खोला जलविद्युत कम्पनीको २० करोड ४१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम पनि २० करोड रुपैयाँ नाघेको छ । सिटी होटलको करिब साढे १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

ADVERTISEMENT

आज तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब ११ प्रतिशत र बुंगल हाइड्रोको सेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।