काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उच्च अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ ।
कारोबार रकम पनि निरन्तर घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ९७ करोडमा खुम्चिएको छ । बिहीबार साढे १४ अर्बको कारोबार भएको थियो ।
आज ४८ कम्पनीको मूल्य बढ्दा २११ को घटेको छ । उत्पादन तथा प्रशोधनबाहेक सबै समूहका सूचक घटेका छन् ।
पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अपर हेवाखोला, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।
आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपरहेवाखोला, एसवाई प्यानल र रिडी पावर छन् । आँखुखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै करोड बराबरको सेयर कारोबार भएको छ ।
नेसनल हाइड्रोपावरको ६६ करोड, अपरहेवाखोलाको ४१ करोड, साइप्यानलको ३७ करोड र रिडी पावरको ३५ करोड बराबरको सेयर कारोबार भएको छ ।





