काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९० अंक बढेर २७३४.६३ विन्दुमा पुगेको छ।
१३ मध्ये सात उपसमूहको परिसूचक बढेको छ । बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत बढेको छ। विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार चार अर्ब ६९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५३ स्टकको ७० हजार १५८ पटकको कारोबारमा ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँबराबरको एक करोड ३७ लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
रिडी पावर कम्पनी कम्पनीको ३० करोड ९३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २७ करोड र कुमारी बैंकको कारोबार रकम साढे २५ करोड रुपैयाँ नाघेको छ।
आज एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ८४ रुपैयाँ ९० पैसा बढेर ६५१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे १४ प्रतिशत र सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।





