काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५३ अंकले घटेर २६४४.७० बिन्दुमा पुगेर बन्द भएको हो ।
मंगलबार ३ सय २४ कम्पनीको १ करोड ८ लाख १० हजार १ सय ६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार १ सय ४९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार सबै सूचकहरु राताम्मै रहेको छ ।
मंगलबार युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएके छ । कम्पनीको ३१ करोड ८१ लाख रुपैयाँको कारोबार हुँदा प्रतिकित्ता सेयर मूल्य ४ सय ९६ रुपैयाँ पुगेको छ ।
साथै, मंगलबार ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्य ९.८५ प्रतिशतले घटेको छ ।





