काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार दुई लाख ५२ हजार २०० कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदीकोा मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला तीन हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ३ सय ४५ मा कारोबार भएको थियो ।