काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतिताला २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, बुधबार चाँदीकाते मूल्य प्रतितोला ६० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ । अघिल्ले दिन सुनको मूल्य प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।