काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ सात वर्षका लागि ७.९९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा घर कर्जा योजना सार्वजनिक गरेको हो ।

सिटिजन्स बैंकका अनुसार यो योजनाअन्तर्गत ब्याजदर सात वर्षसम्म स्थिर रहनेछ । त्यसपछि बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५ प्रतिशत (१५ प्रिमियम दर) थप गरी ब्याजदर निर्धारण गरिनेछ ।

ADVERTISEMENT

ग्राहकले यस आकर्षक योजनाअन्तर्गत अधिकतम तीन करोड रुपैयाँसम्मको कर्जा उपभोग गर्न सक्नेछन् । योजनामा सहभागी हुनका लागि इच्छुक ग्राहकले आफ्नो नजिकको सिटिजन्स बैंक शाखामा सम्पर्क गर्न सक्नेछन् ।

सन् २०२४ मा विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ प्राप्त गर्न सफल सिटिजन्स बैंकले देशभरका ६० जिल्लामार्फत १९७ शाखा, १६२ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी, बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको पनि जनाएको छ ।