काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई लक्षित गर्दै ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ तथा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारासहित ल्याइएको घर कर्जाको ब्याजदर ५ वर्षसम्म स्थिर रहनेछ। त्यस्तै, व्यक्तिगत सवारीसाधन कर्जाको ब्याजदर ३ वर्षसम्म ५.९९ प्रतिशत नै स्थिर रहने बैंकले जनाएको छ।

ADVERTISEMENT

स्थिर ब्याजदरको अवधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर कायम गरिनेछ।

ADVERTISEMENT

यस योजनामा सहभागी हुन इच्छुक ग्राहकले नजिकैको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।

सिटिजन्स बैंकले पछिल्लो समय विभिन्न डिजिटल तथा नवीन बैंकिङ सेवासमेत विस्तार गर्दै आएको छ। बैंकले नेपालमै पहिलोपटक फोनपे सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको जनाएको छ। त्यस्तै, युवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइएको छ।

ADVERTISEMENT

बैंकले प्रिमियम ग्राहकलाई लक्षित गर्दै विशेष ‘प्रिमियम सेभिङ अकाउन्ट’ समेत सञ्चालन गरिरहेको छ। मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा र क्रस बैंक टेलर सेवामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट नगद प्राप्त गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ।

सिटिजन्स बैंक देशभर ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तार काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार करिब २० लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।