काठमाडौं । अबदेखि सिटिजन्स बैंक इन्टरनेसनलको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत ‘सिटिजन्स सदाबहार योजना’ सिप आवेदन भर्न सकिने भएको छ ।
बैंकले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण लगानीकर्ताहरूमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको सिप अब ग्राहकहरूले डिजिटल माध्यमबाट सहज रूपमा आवेदन दिन सक्ने भएका छन । सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंकको सहायक कम्पनी हो ।
ग्राहकहरूले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको DigiBank सेवामार्फत बैंकको आधिकारिक वेबसाइट तथा मोबाइल बैंकिङबाटै प्रत्यक्ष रूपमा SIP आवेदन दर्ता गरी लगानी प्रक्रिया सुरु गर्न सक्नेछन् । यो सुविधाले SIP आवेदन प्रक्रियालाई अझ सरल, छिटो तथा सुरक्षित बनाउनुका साथै ग्राहकहरूलाई आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि जितेको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक सिटिजन्स फोनपे क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता सिटिजन्स जेनजी सेभिङ अकाउन्ट र सिटिजन्स डिजी बैंक सेवा नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । क्रस बैंक टेलर सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिनेसमेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट २० लाख ३७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।







