काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि १२ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।

ADVERTISEMENT

प्राधिकरणका अनुसार २०८३ मंसिर ३ गतेदेखि मंसिर १४ गतेसम्म विभिन्न स्थानमा बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

ADVERTISEMENT

विद्युत् आपूर्ति बन्द हुने विवरण यस्तो छ :

मंसिर ३ गते : बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा ।

मंसिर ४ गते : धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म ।

मंसिर ५ गते : कालिमाटी र बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्रमा ।

मंसिर ६ गते : बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा ।

मंसिर ७ गते : कोटेश्वर/इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ईडीटीआर ९ए क्षेत्रमा ।

मंसिर ८ गते : बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा ।

मंसिर ९ गते : कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर २६ए र ईडीटीआर ४ क्षेत्रमा ।

मंसिर १० गते : धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म ।

मंसिर ११ गते : बलम्बु/थानकोट फिडरअन्तर्गत सतुङ्गलदेखि ढुङ्गेअड्डासम्म ।

मंसिर १२ गते : कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर ८ ए र ईडीटीआर ८ क्षेत्रमा ।

मंसिर १३ गते : थानकोट फिडरअन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म ।

मंसिर १४ गते : धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म ।

प्राधिकरणले मौसम प्रतिकूल भएमा उल्लिखित कार्यतालिका रद्द हुने पनि जनाएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

हेर्नुहोस् सूचना :