काठमाडौं । काठमाडौंको कीर्तिपुर क्षेत्रमा प्रहरीले गोली चलाएको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले कीर्तिपुरमा गोली प्रहार भएको पुष्टि गरेको हो।
प्रहरीका अनुसार गोली किन चलाइएको हो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलको अवस्था तथा गोली प्रहारसँग सम्बन्धित अन्य तथ्यबारे जानकारी संकलन भइरहेको बताइएको छ।
यस घटनाबारे आधिकारिक विस्तृत विवरण सार्वजनिक भएपछि थप जानकारी आउने प्रहरीले जनाएको छ।










