काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। शुक्रबार सरकारले बस्ती हटाएको दृश्य हेर्न नसकेपछि रेखा कुँवर बेहोस भएकी बताइएको छ। प्रहरीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाएको जनाएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन।
उता, बल्खु क्षेत्रमा खाली गराइएको बस्ती नजिकै बागमती खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहान घर भत्काइएको अवस्था हेर्न नसक्ने भन्दै बाहिरिएका ती व्यक्ति दिउँसो नदीमा मृत भेटिएका हुन्। मृतक ६१ वर्षीय इन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले जानकारी दिएकी छन्।


