काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष पदको सपथ लिएकी छन्।
बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सपथ गराएका हुन्।
एमाले केन्द्रीय कमिटीको पछिल्लो बैठकले भण्डारीलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो। त्यसपछि उनले पहिलोपटक पार्टीको स्थायी कमिटी बैठकमा वरिष्ठ उपाध्यक्षका रूपमा सहभागिता जनाएकी हुन्।
भण्डारीको सपथसँगै एमाले स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक तथा पार्टीका सांगठनिक विषयमा छलफल हुने जनाइएको छ।






