काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बुधबार मतदान हुने भएको छ। अहिले राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ताको प्रक्रिया चलिरहेको छ।

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारीका लागि दरखास्त फारम वितरण गरिएको छ। दिउँसो १ बजेपछि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने र त्यसपछि उम्मेदवारको नामावली प्रकाशन गरिने उनले बताए।

ADVERTISEMENT

प्रकाशित नामावलीमाथि तोकिएको प्रक्रियाअनुसार दाबी–विरोधका लागि समय दिइनेछ। दाबी–विरोधमाथि निर्णय गरेपछि बुधबार बिहान अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

ADVERTISEMENT

संयोजक खड्काका अनुसार अन्तिम नामावली प्रकाशन भएसँगै बुधबार दिनभर केन्द्रीय कार्यसमितिका लागि मतदान गराउने तयारी छ।

उनले १५औँ महाधिवेशनमा बिहान १० बजेदेखि १ बजेसम्म दरखास्त फारम वितरण, त्यसपछि उम्मेदवारी दर्ता, नामावली प्रकाशन तथा दाबी–विरोधको प्रक्रिया पूरा गरिने जानकारी दिए।यससँगै नेपाली कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनको प्रक्रिया मतदानको चरणमा पुग्नेछ।

ADVERTISEMENT