काठमाडौं। नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकता आफूहरूलाई दिनुपर्ने माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले संविधानको मर्म र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्नुपर्नेमा जोड दिँदै निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गरेका छन्।

माइतीघरमा आयोजित प्रदर्शनका क्रममा देउवा पक्षका नेता कार्यकर्ताले निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउँदै कार्यकारी आयुक्तको राजीनामाको मागसमेत गरेका छन्। उनीहरूले आयोगको निर्णयले लोकतन्त्रलाई कमजोर पार्ने भन्दै नाराबाजी गरेका थिए।

ADVERTISEMENT

उता, माइतीघरमा प्रदर्शन भइरहेकै समयमा देउवा पक्षका नेताहरू निर्वाचन आयोगको निर्णयविरुद्ध   मा मुद्दा दायर गर्न पुगेका छन्। कानुनी र राजनीतिक दुवै मोर्चाबाट आफ्नो पक्ष बलियो बनाउने रणनीतिअनुसार कदम चालिएको देउवा पक्ष नेताहरूको भनाइ छ।

ADVERTISEMENT