काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेको दुबो पुनःरोपण तथा संरक्षण गरिने भएको छ। यसका लागि कांग्रेसले माउन्ट एभरेस्ट इभेन्ट्ससँग सम्झौता गरेको छ।

सम्झौताअनुसार खुलामञ्चमा क्षति पुगेका स्थानमा नयाँ दुबो रोप्नुका साथै त्यसको उचित स्याहार, संरक्षण र हुर्काउने काम गरिनेछ। उक्त कार्यमा लाग्ने सम्पूर्ण खर्च नेपाली कांग्रेसले व्यहोर्ने सहमति भएको छ।

ADVERTISEMENT

सम्झौताको अवधि डेढ महिना तोकिएको छ। सम्झौतापत्रमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन्।

ADVERTISEMENT

सम्झौता कार्यक्रममा कांग्रेस नेता विश्वप्रकाश शर्मा, काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म सञ्चालन भएको थियो। महाधिवेशनका क्रममा खुलामञ्चमा पुगेको क्षतिपछि दुबो पुनःरोपण र संरक्षणको काम अघि बढाउन लागिएको हो।

ADVERTISEMENT