प्युठान । नेपाली कांग्रेस का तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका डा. गोविन्दराज पोख्रेल ले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।पोख्रेलले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन कार्यालय प्युठान मा बुझाउँदै कुल २४ लाख ८० हजार २१५ रुपैयाँ खर्च भएको जानकारी दिएका हुन्।
उनले बुझाएको विवरणअनुसार दुई वटा सवारी साधन २५ दिनसम्म सञ्चालन गर्दा ३ लाख ७५ हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै चार पटकको दुई जनाको हवाई यात्राका लागि ८० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।
यसैगरी २६० जनालाई पालिकास्तरमा मतदाता प्रशिक्षण दिन १ लाख ७५ हजार रुपैयाँ खर्च गरिएको छ। ६४ वडामा गरिएको प्रचारप्रसारका लागि ९ लाख ६० हजार रुपैयाँ खर्च भएको छ भने जुम्रीसहित ६४ वडामा सम्पर्क कार्यालय सञ्चालनका लागि ६ लाख ४० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
त्यस्तै प्रचारप्रसार सामग्रीमा २ लाख ४० हजार रुपैयाँ र मनोनयन दर्ताका क्रममा १० हजार रुपैयाँ खर्च भएको उनले बताएका छन्।पोख्रेलले चुनावी खर्च व्यवस्थापनका लागि नेपाल इन्भेस्टमेन्ट बैंक को बिजुवार शाखामा खाता खोलेर सोहीमार्फत खर्च गरिएको जानकारी दिएका छन्।









