काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन पत्र दर्ता असोज १९ गते सोमबार हुने भएको छ ।

महाधिवेशन निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारहरूले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा मनोनयन पत्र दर्ता गर्न सक्नेछन् ।

ADVERTISEMENT

नेपाली कांग्रेसले योग्य उम्मेदवारहरूलाई तोकिएको समयभित्रै मनोनयन पत्र दाखिला गर्न आग्रह गरेको छ ।

ADVERTISEMENT

केन्द्रीय कार्यसमितिको निर्वाचनसँग सम्बन्धित अन्य विस्तृत कार्यक्रम भने पछि प्रकाशित गरिने जनाइएको छ ।