काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ।
यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदान समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको हो।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका छन्।
महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्न मतदान भइरहेको छ।






