काठमाडौँ । नेपाली कांग्रेसले जननायक विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा जलवायु सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘ग्रीन रन’ प्रतियोगिता शुभारम्भ गरेको छ।

ललितपुरस्थित युएन पार्क नजिकबाट सुरु भएको दौड जावलाखेलसम्म पुगेर सम्पन्न हुनेछ। कांग्रेसका सभापति गगन थापाले प्रतियोगिताको शुभारम्भ गर्दै वातावरण संरक्षण र जलवायु परिवर्तनप्रति जनचेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।

ADVERTISEMENT

यसै अवसरमा कांग्रेसले आज राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति : नवीन सङ्कल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी पनि आयोजना गर्ने भएको छ। पार्टीका अनुसार गोष्ठीमा समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक मूल्य–मान्यता तथा पार्टीको भावी रणनीतिबारे छलफल हुनेछ।

वीपी कोइरालाको स्मृति दिवसका अवसरमा कांग्रेसले देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै उनको योगदानको स्मरण गरिरहेको छ।

ADVERTISEMENT