काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरी थुनामा राख्नुको कारण र कानुनी आधार खुलाएर लिखित जवाफ पेश गर्न प्रहरीलाई आदेश दिएको छ।

प्रसाईंका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

ADVERTISEMENT

अदालतले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहितको लिखित जवाफ पेश गर्न सम्बन्धित पक्षलाई आदेश दिएको छ। उक्त जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गर्नुपर्नेछ।

ADVERTISEMENT

प्रसाईंका हकमा उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोलगायतलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

प्रहरीले रास्वपा सांसद रचना खड्कालाई लक्षित गरी प्रसाईंले दिएको अभिव्यक्तिसम्बन्धी जाहेरीका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरेको बताइएको छ।

ADVERTISEMENT

बन्दी प्रत्यक्षीकरण रिटमा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको माग गरिएको छ।