काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश उमेश लुइँटेलको इजलासले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको हो।

ADVERTISEMENT

आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा सांसद रचना खतिवडाले दिएको जाहेरीका आधारमा प्रसाईं पक्राउ परेका थिए।

ADVERTISEMENT

अदालतको आदेशपछि अब आवश्यक प्रक्रिया पूरा गरी प्रसाईं धरौटीमा रिहा हुनेछन्।