काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गर्न अनिच्छुक देखिएका छन् ।

गृहमन्त्रीसँग वार्ताका लागि उनले अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितलाई पठाएका छन् ।

महाअभियानले मंसिर ७ गतेबाट आन्दोलनको घोषणा गरेको छ । त्यसपछि सरकारले कात्तिक २६ गते वार्ता गर्न प्रसाईलाई पत्र पठाएको थियो ।

सोहीअनुसार नागरिक बचाउ महाअभियानका प्रतिनिधि र सरकारबिच आज वार्ता हुँदैछ । प्रसाईले मंसिर ७ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने भन्दै सबैतिर नाकाबन्दीको चेतावनी दिएका थिए ।