काठमाडाैँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिइएकाे छ। साेमबार जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो।

अदालतले हिरासतमा राख्ने अनुमति नदिई उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको हो। प्रसाईंलाई आइतबार राति पक्राउ गरिएको थियो।

ADVERTISEMENT

उनलाई राज्य विरूद्धको कसुरसहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै ७ दिनको म्याद मागेको थियो । तर, अदालते उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

ADVERTISEMENT

अदालतबाट म्याद प्राप्त नभए पनि प्रसाईंविरुद्धको अनुसन्धान जारी रहने भक्तपुरका एसपी सूर्य खड्काले बताए ।

प्रहरीले उनीविरूद्ध राज्यविरुद्धको कसुर अन्तर्गतको सार्वभौमसत्ता वा अखण्डतामा खलल पार्न सक्ने गरी गतिविधि गरेको, सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको र विद्युतीय कारोबार सम्बन्धी ऐन विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

ADVERTISEMENT

गैरकानुनी रूपमा थुनामा राखेको भन्दै प्रसाईंको रिहाइको माग गर्दै साेमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ। प्रसाईंपत्नी उमाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।