चितवन । तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा विद्यालय भ्रमणबाट फर्किंदै गरेका एक विद्यार्थी भिरबाट खसेर बेपत्ता भएका छन्।

शनिबार साँझ करिब ६:१० बजे आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्गको छेउबाट खसेर भरतपुर महानगरपालिका–६ चोकबजारका १५ वर्षीय अंकित गुरुङ बेपत्ता भएका हुन्।

ADVERTISEMENT

तनहुँ प्रहरीले दिएको जानकारीअनुसार गुरुङ भरतपुरस्थित पारिजात माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।

ADVERTISEMENT

विद्यालयको भ्रमण सकेर पोखराबाट चितवन फर्किंदै गरेको ना.४ ख ५२८५ नम्बरको बसमा उनी सवार थिए। बाटोमा पिसाब फेर्न जाने क्रममा सडक छेउबाट चिप्लिएर करिब ५० देखि ६० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।