काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नेपाल वायुसेवा निगमका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  काठमाडौँ–२६ बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे छिन् । उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले बताए ।

तोकिएको भन्दा धेरै विदेशी मुद्रा बोकेर उनीहरू मलेसिया जान लागेको भेटिएको छ । राष्ट्र बैङ्कको मापदण्ड अनुसार ५ हजार डलर भन्दा धेरै विदेशी मुद्रा लैजान पाइँदैन ।

ADVERTISEMENT

प्रहरीले बज्राचार्यको साथबाट १२ हजार ३ सय ७२ मलेसियन रिंगेट र ४ हजार ३ सय अमेरिकी डलर बरामद गरेको छ । पाण्डेको साथबाट प्रहरीले ४२ सय अमेरिकी डलर र १२ हजार ३२८  रिंगेट बरामद गरेको छ ।

ADVERTISEMENT