काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि उड्न लागेको एयर इन्डियाको विमानमा एक यात्रुले हंगामा गरेपछि टेकअफअघि उडान रोकिएको छ।

विमानस्थल स्रोतका अनुसार साँझ ५:३० बजे उड्ने तालिका रहेको एयर इन्डियाको एआई–२२० उडान रनवेतर्फ अघि बढिरहेका बेला एक यात्रुले शौचालय जान खोजेका थिए। उडानको तयारी भइरहेका बेला शौचालय प्रयोग गर्न नमिल्ने भन्दै एयरहोस्टेसले सम्झाएपछि ती यात्रु आक्रोशित बनेका थिए।

ADVERTISEMENT

स्रोतका अनुसार विवाद चर्किँदै जाँदा ती यात्रुले एयरहोस्टेसमाथि हातपातसमेत गरेका थिए। घटनापछि पाइलटले टेकअफ प्रक्रिया तत्काल रोक्दै विमानलाई पुनः पार्किङ क्षेत्रमा फर्काएका थिए।

ADVERTISEMENT

आरोपित यात्रुलाई विमानबाट झारिएको छ भने आवश्यक सुरक्षा प्रक्रिया पूरा गरेर विमानलाई पुनः उडान गराउने तयारी भइरहेको विमानस्थल स्रोतले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।