बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार साँझ करिब साढे ६ बजे गाउँपालिकाको मनीकाँडामा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

ADVERTISEMENT

प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार पिलुचौरबाट मनीकाँडा जाँदै गरेको सु.प.प्र. ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

ADVERTISEMENT

दुर्घटनामा ट्याक्टरमा सवार धर्म शाही र धनरूप शाहीको मृत्यु भएको भाटले जानकारी दिए ।

दुर्घटनामा बिउरा वड, सिद्ध वड, संगीता वड, रामसरा सिंह र ट्याक्टर चालक नवीन बोहरा घाइते भएका छन् । उनीहरू पाँचै जना गम्भीर घाइते रहेको बताइएको छ ।

स्थानीयले दुर्घटनाबारे खबर गरेपछि प्रहरी चौकी जुड्डीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।