काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुईजना पक्राउ परेका छन् । जुत्ता, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना फेला परेको थियो ।

उक्त सामग्री युनिक कार्गोले एपेक्स लजिष्टिकमार्फत काठमाडौँबाट अमेरिका पठाउन लागिएको प्रारम्भिक अनसुन्धानबाट खुलेको छ । प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT

उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

ADVERTISEMENT

सुरक्षा कार्यालयका अनुसार असार १६ गते साँझ करिब ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा मेनिफेस्ट नम्बर एएमएस एपी ३२१ अन्तर्गत जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा उल्लेख गरिएको कार्गो बाकस एक्स–रे परीक्षणका क्रममा शंकास्पद देखिएपछि खोलिएको थियो। बाकस खोलेर हेर्दा कपडाको सट्टा सुनका विभिन्न परम्परागत तथा आधुनिक तयारी गहनाहरू फेला परेका थिए।

प्रहरीले कपडा भनिएको बाकसबाट २२ थान ठूलो नौगेडी, ४४ थान सानो नौगेडी, २१ गेडी थान १४, चन्द्रमा १६ थान, जन्तर २० थान, सिंगल ब्रोच १८ थान, डलब ब्रोच १८ थान, शिरफुलो ठूलो ५ थान, शिरफुल सानो २ थान, नेपालको झण्डा अंकित ब्रोच १६ थान, खुकुरी ब्रोचको आकार २३ थान, मंगलसुत्र १८ थान, मोतिमाला ३९ थान, रानिहार १ थानर त्रिशुल १ थान बराद गरेको छ।

ADVERTISEMENT