काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ ।

झण्डै छ महिनापछि बिहीबार स्वदेश फर्किन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो ।

ADVERTISEMENT

इतर समूहको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले देउवाको स्वागतका लागि सांस्कृतिक झाँकीसहित कार्यक्रम आयोजना गरिने जानकारी दिइन् । कांग्रेस नेता प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो साढे १२ बजे थाई एयरको उडानबाट काठमाडौं आइपुग्नेछन् ।

ADVERTISEMENT

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि देउवा उपचारका लागि सिंगापुर हुँदै हङकङ पुगेका थिए ।

स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन् । तीन दिनसम्म चल्ने भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने आयोजकको अनुमान छ ।

ADVERTISEMENT