काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशन पुस मसान्तभित्र सम्पन्न हुने बताएका छन्।

आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि घोषणा गरिएको महाधिवेशन मिति सारेर वैशाखको अन्तिम साता गर्ने निर्णय गरेपछि, गगन थापाले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै भने, “कार्यवाहक सभापतिले केन्द्रीय कार्यसमितिको कार्य अवधि थपेर महाधिवेशन वैशाखमा गर्ने प्रस्ताब राख्नुभयो। हाम्रो फरक मत हुँदाहुँदै पनि विधानअनुसार उक्त प्रस्ताव बहुमतले पारित भयो।”

ADVERTISEMENT

उहाँले भन्नुभयो, “केन्द्रिय महाधिवेशनका ४० प्रतिशत सदस्यले विशेष कारण उल्लेख गर्दै बैठक बोलाउन लिखित अनुरोध गरिसकेका छन्। त्यसैले नियमित महाधिवेशन वैशाखमा हुन्छ भन्नु विधान विपरीत हुन्छ।”

ADVERTISEMENT

गगन थापाले थपे, “एक–दुई दिनको समय बाँकी छ। सभापतिले निर्णय नगरेमा महामन्त्रीको रूपमा हामीले विशेष महाधिवेशन बोलाउने अधिकार प्रयोग गर्नेछौं। त्यसैले देशभरिका कांग्रेसका कार्यकर्ता र नेता–सहयोगीहरू काठमाडौँ आउन तयारी गरुन्।”

यससँगै कांग्रेस भित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको मिति निर्धारणबारे विवाद जारी रहेको छ।

ADVERTISEMENT